धरान  : पछिल्लो समय कोरोनको कारण मास्क र सेनिटाइजर बजारमा अभाव भईरहेको बेलामा कोशी अञ्चल अस्पताल विराटनगरले मास्क र सेनिटाइजर आफै उत्पादन गर्न थालेको छ ।

बजारमा मास्क नपाईने र हात धुने सेनिटाइजर पनि पाउन छाडे पछि अस्पतालले आफै उत्पादन सुरु गरेको कोशी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन डा. संगिता मिश्रले बताईन् ।

विश्व स्वास्थ्य संगठन डव्लु एच ओ को मापदण्ड अनुसार डबल मास्क उत्पादन गरी अस्पतालमा आउने विरामी र चिकित्सकलाई निःशुल्क वितरण गर्न थालिएको छ ।

विषेशगरी कोरोना भाईरस फोहोर मैलाका कारण संक्रमण हुने भएकोले कोशी अञ्चल अस्पताल विराटनगरले अस्पताल भित्र ६ स्थानमा सेनिटाईजर सहितको हात धुने स्थानको निर्माण गरेको पनि अस्पतालले जनाएको छ ।

शुक्रबार अस्पतालले पहिलो पटक १० लिटर सेनिटाइजर उत्पादन गरेको छ । यो कार्यको निरन्तरता दिदै लैजाने अस्पतालको लक्ष रहेको पनि डा. मिश्रको भनाई छ ।

ह्याण्ड वास सेनिटाइजर बनाइ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण समेत गरेको छ ।
हिजो शुक्रबार अस्पतालकी मेसु डा संगीता मिश्रले ती सामग्री प्रदेश नम्बर १ का स्वास्थ्य प्रमुख डा सुरेश मेहतालाई प्रदान गरेकी थिईन् ।