पथरी :मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाको आफ्नो स्थाइ भवन नहुदा भाँडाको घरमा कार्यालयका संन्चालन गरिरहेको छ ।

नगरपालिकाको हालैको नगरसभाले नगरपालिकाको कार्यालय संन्चालनका लागी हाल संन्चालन रहेको नगरपालिकाको भवन नजिकैको घर भाँडामा लिने र कार्यालय संन्चालन गर्ने निर्णय गर्यो । नगरकार्यापालिका भाँडा मै संन्चालन भइरहे पनि पथरी शनिश्चरेका विभिन्न वडाका भवन भने शिलान्यास गर्न थालिएको छ । जग्गादाताले जग्गा उपलव्ध गराउन थालेपछि नगरपालिकाले भवन निर्माण गर्न सुरुवात गरेको छ ।

पथरीशनिश्चरे ७ मा जनयुद्धकालमा सेनाद्धारा हत्या गरिएका नारद राईको परिवारले वडा कार्यालयका लागी जग्गा उपलव्ध गराएपछि भवन निर्माण सुरु भएको हो । वडा कार्यालय भवनको शुक्रवार शिलान्यास भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई र ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकालले कार्यालय भवनको शिलान्यास गरेका हुन् । शहिद राईकी श्रीमती गंगामाया सुनुवारले द्धन्दकालमा मारिएका आफ्ना पति नारद राईको स्मृतिमा ५० लाख मुल्य पर्ने साढे ४ कठ्ठा जग्गा उपलव्ध गराएकी हुन् ।

भूँइ तलामा ३ कोठा र माथिल्लो तला ४ कोठाको भवन निर्माण हुनेछ । भूँइ तलामा शौचालय र स्नानगृह रहने छ । असार मसान्तभित्रमा भवन निर्माणको सम्झौता भएको छ । यस अघि वडा नम्वर २ को कार्यालय भवनको पनि शिलान्यास भएको थियो ।