झापा :  बन्छ कि बन्दैन भन्ने अन्योलताकै बिच झापाको दमकमा निर्माणाधीन भ्यू टावरको निर्माण कार्यले गति लिएको छ ।

दमकको भ्यूटावरको काम तीव्र गतिमा भइरहेको छ । दमक नगरपालिका-३ मा २५ तला अग्लो भ्यूटावरको काम धमाधम भइरहेको स्थानीय जग्गादाता समेत रहनु भएका सामाजिक युवा रूपक दाहालले बताए ।

Damak-View-Tower

५ बिघा क्षेत्रफलमा निर्माण भइरहेको भ्यू टावर अन्तर्राष्ट्रिय स्तरको हुनेछ । २५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने अहिलेसम्मको आफूहरूलाई जानकारी रहेको वडा नं. ३ का वडाध्यक्ष नवीन बरालले बताए । यहाँ सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट, कार्यालयहरू रहनेछन् ।

यहाँ भ्यू टावर बाहेक बाल उद्यान बन्नेछ । भ्यू टावरसँगै घुमघाम स्थल बन्ने र नयाँ पर्यटकीय गन्तव्य बनाउने राज्यको सोच अनुसार काम अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो एउटा ठुलो सपना रहेको छ ।

काठमाडौँको जेडसिजिआइजीसी आशिष ओम साइराम जेभीले १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेको छ । आगामी २०७८ पुस २७ गते निर्माण सम्पन्न हुनेछ ।