विराटनगर : पतञ्जली योग समिति मोरङको पुनर्गठन भएको छ । शनिबार सम्पन्न भेलाले ध्रुव तामाङलाई पुनः अध्यक्षमा चयन गरेको छ ।

महिला पतञ्जली योग समितिको अध्यक्षमा विनु सापकोटा चयन भएकी छन् । दुई वटै समिति २३–२३ सदस्यीय छन् ।पतञ्जली योग समिति मोरङको उपाध्यक्षद्वयमा मोहन न्यौपाने र जयधर्म आचार्य, महामन्त्री विकास जीसी, संगठन मन्त्री नविन रेग्मी, कोषाध्यक्ष सुरेश अग्रवाल, मन्त्री (सचिव) केदार रिजाल (उर्लाबारी, प्रचारप्रसार प्रभारीमा भवानी दुलाल (पथरी), जिल्ला प्रशासन समन्वय प्रभारी मोदराज खतिवडा छन् ।

सदस्यहरुमा बलराम ढुंगाना, कुमार शर्मा, रामबहादुर कार्की  , मोहन अधिकारी , अनिल सारडा , किशोर माली, किशोर भट्टराई, दर्शनलाल माझी , राजेश विश्वास , नन्दलाल राजवंशी , प्रलाद दंगाल, दामोदरप्रसाद पोखरेल, डिल्लीप्रसाद खतिवडा  र मनोज बराल रहेकाछन् ।
महिला पतञ्जली योग समितिको उपाध्यक्षद्वयमा सूची चौधरी, सरस्वती खरेल , महामन्त्री झुमा निरौला, संगठन मन्त्री उर्मिला सुवेदी, कोषाध्यक्ष शारदा थापा, मन्त्री यसोदा पराजुली, प्रसार प्रचार प्रभारी नम्रता पोखरेल, जिल्ला प्रशासन समन्वय प्रभारी लक्ष्मी चौधरी छिन ।

सदस्यहरुमा संगीता न्यौपाने, नीलम आचार्य, गीता आचार्य, मीना श्रेष्ठ, सरस्वती दाहाल, निर्मला बस्नेत, ज्ञानु न्यौपाने बोगटी, सुभाष खतिवडा, भूमिका तिम्सिना, कविता श्रेष्ठ, गोमा श्रेष्ठ ,अरुणा विश्वास , मुना लुइटेल,तारा बराल  छिन । 

२०६४ सालमा नेपालमा दर्ता भएको पतञ्जली योग समितिको मुख्य उदेश्य “योग गरौ निरोग रहुँ“ रहेको र नि : शुल्क योग आसन, ध्यान, प्राणायम समेत बिहानको समयमा २ देखि ३ घण्टा दिदै आएको छ । “ व्यक्ति स्वस्थ रहे परिवार स्वस्थ रहने परिवार स्वस्थ रहे समाज “ भन्दै नेपाल भरी शाखा बिस्तार गरिरहेको संस्थाका माहामन्त्रि बिकास जि . सी ले बताए ।