इटहरी : बर्खायाम लागेपछि मात्र राष्ट्रिय रूपमा प्राय बाढी पहिरोको छलफल हुने गर्दछ । तर आइतबार राष्ट्रिय सभाको बैठकमा भने बाढी बाट जोगिन समयदेखि नै उपायहरूबारे सोच्नु पर्ने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको राष्ट्रियसभामा बोल्दै सांसद रामनारायण विडारीले सिमाक्षेत्रमा भारतले बनाएका बाधरूपी सडकहरूको व्यवस्थापन गर्न नेपाल सरकारले कदम चाल्नु पर्ने माग गरेका थिए ।

सीमा क्षेत्रमा बाध बनाएको बिसयमात्र हैन विडारीले कोसी लगायत अन्य ठुला नदीहरूमा भारतसँग गरिएको सम्झौता पनि बैमानिपुर्वक भएको बताए ।

विडारीले भने 'कोसी बाँध लगायतका भारतसँग बेइमानहरूले सम्झौता गरे,अब त्यसलाई व्यवस्थापन गर्न सरकारले कदम चाल्नु पर्दछ।'

कोसी लगायत सिमानामा रहेका विभिन्न बाँधहरू र खुला सिमानाका कारण उत्पन्न बाढी डुबान लगायतका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने विडारीले बताए ।