धरान : २०७६ साल चैत्र ६ गतेबाट हुने भनिएको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।

आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री ढकालले विश्वभरी नै फैलिरहेको कोरोना भाइरसको संक्रमण हुने जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन् । उनले केहि दिनसम्म महामारीको अवस्था के कस्तो हुन्छ त्यो हेरेर नयाँ तालिका बनाउने कि नबनाउने, परीक्षा सार्ने कि नसार्ने भन्ने विषय टुङ्गो लगाइने बताएका छन् ।

उनले अहिले नेपालमा कक्षा १० सम्म करीब ५६ लाख विद्यार्थी रहेको बताएका छन् । उनले कक्षा १ देखि ९ सम्म अध्ययनरत करीब ५० लाख विद्यार्थीको परीक्षा चैत्र ५ गतेभित्र सकिसक्ने बताएका छन् ।