इटहरी : विश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोनाबाट जोगिन सरसफाईमा ध्यान दिन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

कोरोनाको संक्रमणको जोखिम मानिसले सरसफाईमा ध्यान दिदा हुन्छ भनिएको छ । कोराना (कोभिड १९) भाइरस संक्रमणको जोखिमबाट बच्च नेपाल सरकारले पनी सरसफाईमा ध्यान दिन अनुरोध गरेको छ । हात धुदा साबुन पानी वा सेनिटाईजरले मजाले धुन आग्रह गरेको छ । यही कुरा स्थानिय निकायले पनि भन्दै आईरहेका छन् । तर पुर्वको केन्द्र सुनसरीको इटहरी उपमहानगरपालिकाको शौचालय भने भद्रगोल अवस्थामा छ । नियमीत सरसफाई नहुँदा शौचालय जानै सकिदैन ।

इटहरी उपमहानगरपालिकाले पनि कोरोना बिरुद्ध लड्न भन्दै ८ लाख बजेट छुट्याएको छ । गत बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरले बजेट बिनीयोजन भएको जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनमा उपमेयर लक्ष्मी गौतमले हरेक बिद्यालयलाई ज्वरो नाप्ने थर्मोमिटर दिने कार्यक्रम समेत ल्याएको जानकारी गराईन् । समय समयमा साबुन पानीले हात धुनपर्ने र सेनिटाइजर प्रयोग गरेर काम गर्नुपर्ने जस्ता सावधानीका उपाय अपनाउन उनले अनुरोध गरीन् ।

तर इटहरी उपमहानगरपालिका भित्रको शौचालयमा भने लामो समयदेखी साबुन समेत राखिएको छैन । शौच गरेर आउनेहरु साबुन प्रयोग नगरी दैनिक काममा लाग्ने गरेका छन् । केही दिन अगाडी उपमहानगरले नै इटहरी अस्पतालमा स्वास्थ्य हेल्प डेस्क स्थापना गर्यो । जहाँ कोरोना संक्रमणबाट बच्च सकिने उपायको बारेमा जानकारी गराइन्छ । साबुन पानीले हात धुनुपर्ने, हात नमिलाउने, सेनिटाइजर प्रयोग गर्ने जस्ता उपायहरु स्वास्थ्य हेल्प डेस्कले सिकाईरहेको छ ।

उपमहानगर आफैले साबुन पानी प्रयोग गर भनीरहेको अवस्थामा आफ्नै कार्यलयका कर्मचारी र सेवाग्राहीले भने साबुन र सेनिटाइजरको लागी बाहीरै धाउनु पर्ने भएको छ । सार्वजनीक शौचालयको समस्या भोगीरहेको इटहरी उपमहानगरले आफ्नै कार्यलय भित्रको शौचालय समेत व्यवस्थित गर्न सकेको छैन ।