काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।