काठमाण्डौ : सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको हिजो सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइने बताईएको छ । त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ ।