एजेन्सी : कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप भारतले प्रख्यात पर्यटकीय गन्तव्य ताज महल बन्द गरेको छ ।

प्रेमको प्रतिकका रुपमा रहेको ताज महल अवलोकनका लागि दैनिक दशौँ हजार पर्यटक पुग्ने गर्छन् । तर कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण बाध्य भएर ताज महल बन्द गर्नु परेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कम्तिमा १२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । ताज महलसँगै भारतका अरु ठूला संग्राहलय तथा पर्यटकीय केन्द्रहरु बन्द गरिएका छन् ।