पथरी : मोरङको पथरीमा रहेका औषधी पसलले मास्कको कालोबजारी गर्ने गरेको तथ्य पाइएको छ । औषधी पसलले अन्य वेला १० रुपैयाँमा पाइने मास्क ३० रुपैयाँ गोटा बिक्री गर्ने गरेको पाइएको हो । पथरीशनिश्चरे ४ शनिश्चरे बजारमा रहेको शनिश्चरे डाइग्नोष्टिक सेन्टरले मास्कको कालोबजारी गर्ने गरेको पाइएको हो ।

नगरपालिकाको अनुगमन समितिले सो औषधी पसलले महँगो मूल्यमा मास्क बिक्री गर्दै गर्दा नगर उपप्रमुख यमुना विष्ट बास्तोला सहितको टोलीले पसलमा छापा मारेको थियो । सो पसलका संन्चालकलाई उपप्रमुख बास्तोलाले कालोबजारी नगर्न चेतावनी दिएकी छन् । यसै बिच अनुगमनका क्रममा पथरीमा संन्चालनमा रहेको फार्मेसी गैर कानुनी रूपमा सञ्चालनमा पाइएको विष्टले बताइन् ।

उनका अनुसार अनुगमन गरिएका आधा दर्जन फार्मेसी मध्ये ४ वटा फार्मेसीले विना इजाजत पसल सञ्चालन गरेको,औषधी बेच्ने व्यक्ति फार्मेसी सम्बन्धित नभएका ,म्याद गुज्रिएका औषधी वितरण गरिएको र कागजपत्र बेगर नै फार्मेसी सञ्चालन भएको पाइए पछि ती औषधी पसलमा सिल गरिएको छ । यसरी सिल गरिएका पसलमा पथरीशनिश्चरे १को संन्जुवावा मेडिकल हल,शुभ सङ्गीता फार्मेसी, पथरीशनिश्चरे २ को सिटिजन्स फार्मेसी लगायतका रहेका छन् । सो अनुगमनमा पथरी नगर अस्पतालका डाक्टर,उद्योग वाणिज्य सङ्घका प्रतिनिधि,प्रहरी लगायतको टोली रहेको थियो ।

कोरोना सङ्क्रमणको त्रास फैलिए सँगै औषधी पसलले मास्कको कालोबजारी गर्न सुरु गरेका छन् । मास्क लुकाएर सस्तो मास्कलाई महँगो मूल्यमा बेच्न थालेका जनगुनासो आउन थालेको थियो ।