झापा : झापाको अर्जुनधारा नगरपालिका-४ का १७ बर्षीय मन कुमार थापाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

बुधबार बिहान पौने १० बजेको समयमा बिरिङ खोला तर्फ जाँदै गरेको मे १ त ४९११ नम्बरको ट्याक्टरले ठक्कर दिंदा थापाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालयय अनारमनीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोलीले खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।