इलाम :  इलाममा एक युवतीको हत्त्या गरेर माटोमा गाडेको अवस्थामा शब फेला परेको छ । इलाम सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) मा शब फेला परेको हो ।
बुधबार स्थानिय १७ वर्षिय आकृति राईको शब भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रमुख रमेश राईले दिए । सोहि स्थानमा रहेको ज्योती माबि कक्षा ११ मा अध्यनरत युवती मंगलबार बिहान घरबाट परिक्षा लेख्न भनी हिँडेको बताइएको छ । युवती परिक्षा लेख्न बिद्यालय नै नपुगेपछि परिवार, आफन्त र गाउँलेले हिजो देखी नै खोजी गरेका थिए ।

बुधबार अम्लीसो बारीमा शब फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीले घटनाको मुचुल्का उठाएर शब निकालेको छ ।
शब फेला पारेपछि घटनाका बिषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ । युवतीको टाउको तथा शरिरमा चोट लागेको अवस्थामा फेला पारेको छ ।