इटहरी : नेपाली काँग्रेस इटहरीको नगर समिति विस्तार भएको छ ।

नगर समितिको बुधबार बसेको बैठकले नगर कार्यसमितिमा ५४ मनोनीत र २१ जना आमन्त्रित सदस्य मनोनयन गरिएको हो ।

फोरम लोकतान्त्रिक सँगको समायोजन पश्चात नगर समितिमा नयाँ सदस्य मनोनयन गरिएको हो ।  पुराना सदस्यलाई निरन्तरता दिदै नगर सभापति हेमकर्ण पौडेलले नयाँ नगर सदस्य मनोनीत गरेका हुन् । यस अघि मनोनीत सदस्यहरु केन्द्रिय कार्यसमितिले खारेजी गरेको थियो । तिनै सदस्य हरु पुनः मनोनीत भएका छन् ।