धरान : धरानको पब्लिक हाईस्कुलले कक्षा ९ सम्म अग्रेजी माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा समासमायिक अवस्थामा धेरै सँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले यस्तो निर्णय गरीएको प्रधानाध्यापक ईन्द्रमोहन झाले बताए ।

कक्षा ६ देखि ९ सम्मको अंग्रेजी माध्यमबाट सञ्चालहुने कक्षा विहान ६ वजे देखि ११ वजे सम्म संचालन हुने र कक्षा १ देखि ५ सम्म बिहान ९ वजेदेखि हुनेछ ।

Public-School-2

२००३ सालमा स्थापना भएको धरानको पुरानो विद्यालय हाल सुनसरीको नमुना विद्यालयको रुपमा घोषणा भएको छ । विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दैै विद्यालयले २ वटा बस सेवा समेत सञ्चालनमा ल्याएको छ । १९ सय विद्यार्थी संख्या रहेको विद्यालयमा ४ सय जनाले बसको यातायात सेवा लिदै आएका छन ।

कक्षा ९,१०, ११ र १२ मा प्रविधिकतर्फको ईलेक्ट्रीकल विषयको कक्षा समेत संचालन भइरहेको छ । कक्षा १ देखि ५ सम्मको विद्यार्थीहरुका लागि स्वस्थ्यकर खाजा पनि खुवाउने समेत निर्णय गरेको प्रधानाध्यापक ईन्द्रमोहन झाले बताए । विद्यालयको विद्यार्थी संख्याको बढ्दो चापलाई विद्यालयको भवनले थेग्न नसकेको अवस्थामा सहयोगी दाताहरु र निकायहरुबाट सहयोग जुटाउने व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले बताए ।