इटहरी : कालोबजारी मौलाएको भन्दै गत फाल्गुन २८ गते बुधवार इटहरी उपमहानगरपालिका टोली केही मेडिकल र ग्यास डिलरमा अनुगमन गर्न निस्कियो गर्‍यो । अनुगमन गर्ने क्रममा उपमेयर लक्ष्मी गौतमको नेतृत्वको टोली बेलुका ४ हलगडा चौकमै रहेको कोसी ग्यास डिलर समेत रहेको कामना बराह सप्लायर्समा टोली प्रवेश गर्‍यो ।

पसल सञ्चालक सिता पोखरेल (नेपाल) ग्यासका सिलिन्डर मिलाउँदै गर्दा पसल अगाडी पुगेर उपमेयर गौतमले यो कसको ग्यास हो ? भनेर सोधिन् । पोखरेलले मेरै हो भनिन् । कतिमा बेच्नुहुन्छ ? भन्ने उपमेयरले प्रश्नमा पोखरेलले '१३ सय ५० मा बेच्छु' भनिन् ।

‘एउटा ग्राहकलाई कति वटा दिनुहुन्छ ? भनेर थप सोध्नुभयो । अनि मैले होटेलहरू भए दुई वटा सम्म नभए एउटा मात्र दिन्छु भनेर भने । सँगै रहेका कर्मचारीहरूले फायल खोजी रहेका थिए । नवीकरण गर्न छुटेको रहेछ चाडै गर्नु भन्दै सबै अनुगमनकर्ताहरू बाहिर निस्किए ।

साँझपख इटहरी मै काम गर्ने संचारकर्मीले थप सूचनाको लागी उपमेयर गौतमलाई फोन गरेर सोधे । इटहरीका प्रदेशपोर्टलकर्मीलाई गौतमले ७ वटा ग्यास डिलर ३ वटा औषधि पसलको अनुगमन गर्दा हटिया लाइनको एउटा ग्यास पसलमा र हलगडामा रहेका कोसी ग्यास डिलरमा कालोबजारी भएको भन्दै जानकारी गराइन् ।

गौतमको जानकारीपछि इटहरी उपमहानगरपालिका द्वारा बजार अनुगमन, दुई पसलमा कालोबजारी गरेको भेटियो’ भन्ने शीर्षकको समाचार आयो । भोलिपल्ट अर्थात् २९ गते बिहीबार इटहरीका पत्रिकामा प्रदेश पोर्टलकै सोही समाचार आयो ।

समाचारमा ‘हलगडाको एक ग्यास डिलरमा र हटीयालाईनको एक ग्यास डिलरमा कालोबजारी भएको र आगामी दिनमा त्यो नगर्न सचेत गराइएको उपमेयर गौतमले जानकारी दिइन्,’ भन्ने थियो ।

समाचार आएपछि धरानमा रहेका आफन्तले कामना बराह सप्लायर्स कि पोखरेललाई फोन गरेर समाचारको बोरमा जानकारी गराए । समाचार छापिएको पत्रिकाको म्यानेजरलाई पोखरेलले उनले फोन गरिन् र समाचारको बारेमा सोधिन् ।

बुझ्दै जाँदा उपमेयर आफैले कालोबजारी भएको भन्ने वाई दिएकैले समाचार आएको प्रमाणित भयो ।

समाचार आएपछि कोसी ग्यास कम्पनीले फोन गरेर बारम्बार कालोबजारी गरेको भन्दै तनाव सो सप्लायर्सलाई तनाव दिएको थियो । ७ वर्षदेखि कोसी ग्यासको डिलर राखे पनि कम्पनीले विश्वास गरिरहेको थियो । तर गलत हल्लाले आफ्नो व्यापार चौपट हुने चिन्तामा पोखरेल छिन् ।

'मैले भनेकै छैन' : उपमेयर

पत्रिकामा समाचार आएकै दिन दिउसो ११ बजेतिर पत्रीका लिएरै उपमेयरलाई भेट्न कार्यकक्षमा पुगिन् । खान खान गएकी उपमेयर कार्यकक्षमा आएपछि गौतम सँग गुनासो पोख्न थालिन ।

कपुरीकर्मी सँग सीताले भनिन 'तपाइले कालोबजारी भयो भन्नुभएछ । यस्तो नभएको कुरा किन पत्रिकामा दिनु भएको भनेर भने ।

उपमेयरले त मैले कहाँ गलत सूचना दिए भनेर उल्टै हप्काउनुभयो ? मेरो फोटो सहित तपाईँले बताएको भनेर पत्रीकामा छापिएको छ भनेर मैले पत्रीका देखाए ।

उनले भनिन्, ‘तर उपमेयरले मैले कहाँ भने भन्नुभयो ? अनि मैले तपाईँले भनेको रेकर्ड सुनेर आएको भने । त्यसपछि वहाँले म सँग बाझ्न आउनु भएको हो तपाई ? भन्दै पत्रीका खोस्न खोज्नुभयो । पछि तपाइको कुन डिलर पो हो ? भनेर सोध्नुभयो । ए त्यही सडकमा ग्यास राखेर बेच्ने तपाई नै हो ? भन्नुभयो ।

...ला यी मिडियाहरू कतै हिँड्यो भने ५० जना पछाडि लाग्छन्, ल ल अहिले मलाई फुर्सद छैन भन्दै वहाँ गाडी चढ्नुभयो ।’

उपमेयर गौतमले दिएको कालोबजारी गरेको भन्ने वाईटको कारण सिता तनावमा परेकी छिन् । उनको कम्पनीले उनलाई निगरानीमा राखेको छ ।

उता उपमेयर गौतमले भने आफूले कोसी डिलरमा सिल गरेको कहिँपनि नभनेको बता उछिन । पछि सिताले समाचार गलत आयो भनेपछि कोसी ग्यासको कम्पनीमा आफैले फोन गरेर कालोबजारी नभएको जानकारी गराएको गौतमको भनाई छ ।