धरान : उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा (गाड धन) खजाना फेला परेको छ । 

धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर विद्यापीठ भुपी  परिसरमा संरचना बनाउनकालागि जग खन्ने क्रममा खन्दै जाँदा काम गर्नै कामदारले नै १ सय ६० थान पुरानो तामाका सिक्का फेला परेको वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।  

१ सय ६० थान सिक्का सँगै एउटा तामाको बाला, ढुङ्गा जस्तो सानो डोली पैसा पनि भेटिएको छ । जग खन्ने क्रममा जमिनमुनि भेटिएको सो खजाना सिक्कामा सुरेन्द्र विक्रम शाह लेखिएको र इष्ट इन्डिया कम्पनी लेखिएको छ ।

Bijayapur-Historical-Palac- 1

भेटिएको पुरानो सामाग्री प्रहरी चौकी विजयपुरमा मुचुल्का उठाई सुरक्षित राखिएको १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताएका छन् ।

bijayapur