धरान : धरान-१६ बस्ने ९० बर्षीया आशा देवी रानाको जलेर मृत्यु भएको छ ।

विहिबार बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा आफैले लगाएको कपडामा अचानक आगो सल्किन गई आशादेवीको शरिरका बिभिन्न भागहरु जलेर घाईते भएकोमा उनको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।