इटहरी : प्रदेश एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक अनिश्चित समयको लागि स्थगित भएको छ । बिहीबार बसेको कार्याव्यवस्था समितिको बैठकले केरोना भाइरस सङ्क्रमण रोकथामकालागि सङ्घीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै सभालाई अनिश्चित समय सम्म स्थगित गरेको हो ।

एक नम्बर प्रदेश सभाको पाँचौँ तथा हिउँदे अधिवेशनको बिहीबारको २२ औ बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मकालागि संसद्को बैठक स्थगित भएको जानकारी गराएका थिए ।

सङ्घीय सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथामकालागि २५ जना भन्दा बढी भेला नहुन र अदालत, संसद् लगायतका काम कार्वाही स्थगित गर्ने बुधवार निर्णय गरेको थियो ।