झापा : सम्भावित कोरोना भाइरस महामारी नियन्त्रणको लागि सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कताका उपायहरू अवलम्बन गर्न आग्रह गरिरहेको छ । बिहीबारदेखि हुने भनिएको एसइई परीक्षा समेत स्थगित गरेको सरकारले २५ जना भन्दा बढी व्यक्ति भेला हुन निषेध समेत गरेको छ ।

तर नियम पालना गराउनने हरुनै विभिन्न बहानामा सरकारको घोषणाको उलङ्घन गरिरहेका छन् । झापाको गौरिगञ्जमा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टले सडकमै मान्छे भेला पारेर सचेतना सञ्चालन गरेको छ ।

झापा ट्राफिक कार्यालयको फेसबुक पेजबाट बिहानको समयमा सडक किनारामा पैदल तथा साइकल यात्रीहरूलाई भेला पारेर प्रशिक्षण गरिरहेको फोटो सार्वजनिक गरेको थियो । सरकारले तत्काल २५ जना भन्दा बढी मानिसहरू भेला नहुनु भनी दिएको निर्देशन सरकारकै निकायहरूले गरेको देखिन्छ ।

नियमबारे प्रशिक्षण दिइरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुक झापा ट्राफिक नामको फेसबुक आइडीबाट पोस्ट भएको देखिएको छ ।