इटहरी : उपमहानगर भित्र भइरहेका तालिम तथा सभाहरू रोक्न उपमेयर लक्ष्मी गौतमले आग्रह गरेकी छिन् । कार्यक्रमहरू भइरहेकै ठाउँमा विभिन्न ठाउँमा गएर चैत मसान्त सम्म रोक्न उपमेयरले आग्रह गरेकी हुन् ।

विज्ञप्ति समेत जारी गरेको उपमहानगरले कोरोना भाइरसको जोखिमबाट बच्न सरकारी,सामुदायिक र निजी क्षेत्रका तालिम केन्द्रहरूले सञ्चालन गरिरहेका तालिमहरू नगर्न आग्रह गरेको हो ।

उपमेयर लक्ष्मी गौतमले शुक्रवार सिप विकास केन्द्र,पिरामिड इन्ष्च्यिूट र पाथीभरा पुगेर कार्यक्रम स्थगित गर्न आग्रह गरेकी थिइन् ।

इटहरीका ठुला सपिङ सेन्टर र होटलहरुमा समेत पुगेकी उपमेयरले अगाडी हात धुने ठाउँको व्यवस्था गर्न आग्रह गरेकी थिइन् ।