धरान : कोरोनाको त्रासका कारण ४६२ हप्ता सम्म नियमित भइरहेको धरान रन स्थगित भएको छ । कोरोनाको त्रास कम नहुन्जेल सम्मकालागी धरान रन स्थगित भएको  अध्यक्ष रोमु राईले जानकारी दिए।

स्वच्छ धरान, स्वस्थ्य धरानको नारा लिएर २०६८ सालमा स्थापित धरान रनले हरेक शनिवार यलम्बर पार्कमा साढे ३ किलोमिटर रन गराउने गरेको छ ।

विश्वमा फैलिएका सार्स र मर्स जस्ता महामारीको अनुभव हामीमाझ ताजै रहेको अवस्थामा वुहान भाइरस भित्रिए कसरी सामना गर्ने भन्नेमा नेपालको ध्यान केन्द्रित हुनुपर्ने नेपाल सरकारको आग्रह अनुसार भिड मासमा नजान आग्रह गरेको हुँदा धरान रन स्थगित भएको हो। शनिवार धरान रनले जनचेतना मूलक कार्य गर्दै आफ्नो रन स्थगित गरेको छ ।

Dharan-Run-closed

हात धुने,जथाभाबी हात नमिलाउने, जे पायो त्यही नछुने,जथाभाबी छोएका हात आँखा, मुखमा नलाने, रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने जानकारी गराउँदै वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ चिकित्सक प्रमोद बराल, सपना कोइराला, राजा चौधरी, समीर चौधरी, अनिमेष दाहालले सङ्क्रमणबाट बच्न उपाय एवं सचेतना प्रदान गरेका थिए।
कोरोना के हो लक्षण के हो ? एक अर्कामा सर्ने सम्भावना कति ? नेपाल यसको जोखिम कति छ समेत जानकारी गराउँदै कोरोना महामारी नरोकिए सम्म धरान रन पनि स्थगित भएको तर, नियमित रूपमा व्यक्तिगत स्वास्थ्य सक्षम पार्नका लागि व्यक्तिगत दौड गरिने तर मास (भिडभाड) मा मात्र दौड रोकिएको जानकारी राईले दिए।