धरान : विजयपुरमा रहेको पिण्डेश्वर विद्यापीठ परिसरमा फेला परेको गाड धन पुरातत्व विभागलाई अनुसन्धानका लागि जिम्मा लगाएको छ ।

धरान उपमहानगरपालिका-१४ स्थित ऐतिहासिक स्थल विजयपुरमा रहेको पिण्डेश्वर विद्यापीठ परिसरमा संरचना बनाउनालागि जग खन्ने क्रममा गत चैत ६ गते  १ सय ६० थान पुरानो तामाका सिक्का फेला परेको थियो। उक्त भेटिएका पुरातात्त्विक महत्त्वका सिक्काहरू धातुका चुरा आज १४ नं वडाका अध्यक्ष कृष्ण भट्टराईले नगर प्रमुख तिलक राईको रोहबरमा पुरातत्त्व विभाग काठमाडौँ र प्रदेश संग्राहलय धनकुटालाई अनुसन्धानका लागि वडा नं १४ कार्यालय बाट जिम्मा लगाएको छ ।

Bijayapur-Historical-Palac

विभागका अनुसन्धान अधिकृत सन्दीप खनालले १६० थान पुराना पुरातात्त्विक महत्त्वका सिक्का गनेर नै जिम्मा लिएका छन् । निकै पुराना सिक्का भएकाले इतिहास पल्टाएर नै अनुसन्धान गर्नुपर्न प्रदेश संग्रालयका प्रमुख चन्द्र प्रसाद अधिकारीले बताए । उक्त सिक्काहरूको गहन अध्ययन अनुसन्धान पछि पुन:फर्काएर धरान-१४ स्थित बहुजातीय संग्राहलयमा राख्ने सहमतिका आधारका शनिवार वडा नं १४ कार्यालय बाट जिम्मा लगाएको हो ।

१ सय ६० थान सिक्का सँगै एउटा तामाको बाला, ढुङ्गा जस्तो सानो डोली पैसा पनि भेटिएको छ । जग खन्ने क्रममा जमिनमुनि भेटिएको सो खजाना सिक्कामा सुरेन्द्र विक्रम शाह लेखिएको र इष्ट इन्डिया कम्पनी लेखिएको छ । सिक्काहरू पुरानै भएका कारण निकै अमूल्य रहेका छन् । सिक्काहरूका बारेका थप जानकारी अनुसन्धान पछि हुने अध्यक्ष भट्टराईले जानकारी दिए ।

bijayapur