धरान :  टेकुमा मात्रै परीक्षण हुँदै आएको कोरोनाको परीक्षण धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ ।

१० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा विकास शाहले बताए ।

डा. शाहका अनुसार कोरोना परीक्षणका लागि ल्याब सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । ल्याब तयारी भएपछि सरकारले कोरोना परीक्षणको लागि कीट पठाउने बित्तिकै प्रतिष्ठानमै कोरोनाको परीक्षण हुने डा.शाहले बताए ।