इलाम : इलाम नगरपालिका वडा नं.  ९ स्थित साखेजुङका दिपन राईका छोरा ३६ महिनाको निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिवार दिउँसो १ बजेको समयमा घरमा खेलिरहेका नावालक राईको अचानक घर नजिकैको माछा पोखरीमा डुबिरहेको देखि अभिभावकले उपचारको लागी जिल्ला अस्पताल इलाम लगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उपचारको क्रममा दिउँसो सवाँ २ बजे नै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर जनाएको छ ।