धरान : धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रे्यापिड रेस्पोन्स टिमको बैठक बसी आज देखि प्रतिष्ठानबाट प्रदान गरिदै आएको विस्तारित स्वास्थ्य सेवालाई दुई हप्ताका लागि स्थागन गर्नै निर्णय गरेको छ ।

कोभिड १९ कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रि स्तरको चैत्र ८ गतेको निर्णय अनुसार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि निर्णय गरेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल सहायक निर्देशक डा. विकाश शाहाले बताए ।

प्रतिष्ठानद्धारा आज आईतबार जारी सुचना सर्कुलर जारी गरी इसिएचएस सेवा, स्वास्थ्य बीमा, नियमित स्वास्थ्य परिक्षणका लागि आउने विरामीहरु (जसलाई तत्काल उपचार नगर्दा थप जोखिम हुदैन) त्यस्ता बाहेकलाई दुई हप्ता सम्म फलोअप उपचारमा नबोलाउने, नियमित जाँच तथा शल्यक्रियाहरु ( जुन तत्काल नगरी विरामीहरुलाई थप जोखिम हुदैन) आउदो दुई हप्ता सम्म स्थागन गर्ने उल्लेख गरिएको छ ।

विरामीहरुमा कोभिड १९ कोरोना भाईरसको सम्भावित संक्रमण देखिएमा जिओपिडी अगडीको हेल्प डेक्स पठाई आबश्यक उपचार सेवा प्रदान गर्ने पनि सर्कुलरमा उल्लेख गरिएको छ ।