इटहरी : प्रदेश एक सुरक्षा समितिको बैठकले प्रमुख ५ वटा नाकाबाहेक सबै नाकाहरू बन्द गर्ने निर्णय गरेको छ । प्रदेश भित्रको साना नाका मात्र बन्द गरेको प्रदेश सुरक्षा समितिको बैठकहरूले ठुला नाका बन्द भने गरेको छैन ।

आइतबार मुख्यमन्त्री शेरधन राईसहित बसेको सुरक्षा समितिको बैठकले नाकामा आवतजावत बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार प्रमुख ५ नाकाहरू जोगवनी, झापाको काँकडभिट्टा र गौरीगञ्ज, इलामको पशुपतिनगर र सुनसरीको भन्टावारि भने खुल्ला उनेछन् ।

तेस्रो मुलुकबाट आउनेलाई पुर्णरुपमा प्रवेश निषेध हुने प्रमुख नाकाहरूबाट कडा सुरक्षा व्यवस्था र स्वास्थ्य जाँच गरेर नेपालीहरूलाई मात्र प्रवेश दिइनेछ ।

निर्णय अनुसार प्रमुख नाकाहरूमा सुरक्षाकर्मी परिचालन गरिने छ। बैठकले शान्ति सुरक्षा तथा स्वास्थ्यलाई ध्यान दिँदै प्रदेशमा अत्यावश्यक कामबाहेकका हाटबजार, हिँडडुल, जमघट नगर्न पनि आह्वान गर्ने निर्णय गरेको हो ।