धरान : धरान सुचना सङकलनका लागि खटिरहेका पत्रकारहरुलाई कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगाउनको लागि नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाले मास्क वितरण गरेको छ ।

महासंघले २ सय थान मास्क जिल्लाभरका पत्रकारहरुलाई वितरण गर्ने जनाएको छ । महासंघका अध्यक्ष विकास राईले धरानका पत्रकारहरूका लागी १ सय २५ थान वितरण गरिएको हो । यस्तै, ईटहरी, इनरूवाका पत्रकारहरूका लागी ७५ थान वितरण गरिने पनि उनले जानकारी दिए । क्लिक धरान डटकमको कार्यालयमा पत्रकारहरुलाई महासंघले मास्क वितरण गरेको हो ।

मास्क वितरण गर्दा धरानका पत्रकारहरुको अनुपस्थित भएकाले अनुपस्थितहरुलाई कार्यालमा नै माक्स पुर्याउने अध्यक्ष राईले बताए ।वितरण मास्क धरान ८,भोटेपुलस्थित हिमालय पेट्रोल पम्पको आर्थिक सहयोगमा वितरण गरिएको महासंघले जनाएको छ ।कोरोना भाइरस अप्रत्याशित ढङगले अनियन्त्रित रुपमा विश्वभरी फैलेका कारण फिल्डमा खटिने पत्रकारहरुलाई संक्रमणको जोखिम बढी हुने भएकोले मास्क वितरण गरिएको अध्यक्ष राईले बताए ।

कार्यक्रममा पत्रकार महासंघका सदस्य तथा माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन लिम्बुले ७ दिनसम्म पुग्ने ३० मिलिलिटर ह्यान्ड स्यानिटाइजर पनि पत्रकारहरूलाई वितरण गरेका थिए । उनले सकेसम्म साबुन पानीले हात धुन पनि आग्रह गरेका थिए । साबुन पानी उपलब्ध नभएको अवस्थामा मात्र सेनिटाइजर प्रयोग गर्न उनले आग्रह गरे ।