इटहरी : डेङगुको प्रकोप नफैलियोस् भनेर इटहरी उपमहानगरमा सतर्कता सुरु गरिएको छ ।

इटहरी उपमहानगरले आइतबार साँझ देखि ४ नम्बर वडाबाट लामखुट्टे मार्ने विषादी छर्कन सुरु गरेको छ । दुईवटा गाडिबाट इटहरी ४ भरि विषादी छिट्ने उपमेयर लक्ष्मी गौतमले बताइन ।

उनका अनुसार २० दिनभित्र सबै वडामा लामखुट्टे मार्ने विषादी छर्कने काम सकिने छ ।