धरान : अन्जुमन इस्लामिया धरानले एक अपिल जारी गर्दै घरमै नमाज पढ्न र सकेसम्म हात नमिलाउन आग्रह गरेको छ ।

कोरोनाको सङ्क्रमण विश्वभरि अप्रत्याशित ढङ्गले फैलिरहेको हुँदा सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको अन्जुमनका अध्यक्ष शेख युसुफ अलीले बताए ।
सोमबार ६ बुँदे अपिल जारी गर्दै नमाज आ–आफ्नो घरमा बसेर पढ्न अनुरोध गरेको छ साथै नमाज बाहेक अन्य धार्मिक क्रियाकलापहरू आपत् अवधिभरका लागि मस्जिद भित्र पूर्ण रूपमा स्थगित भएको र धरान ३ स्थित मदरसा ईस्लामिया स्कुलमा पठनपाठन कार्य समेत अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको संस्थाका सचिव अफाक अहमदले बताए साथै सबै तहका सरकारहरूले कोरोना रोकथामकालागी उठाउने आवश्यक कदमहरूलाई सहयोग पुर्‍याउन उनले आग्रह गरे ।

Anjuman-press-Release

कोरोना विरुद्धको सङ्घर्षलाई सहयोग गर्दै सर्वसाधारणाहरुकालागी हात धुन धरान ३ स्थित चिनियाँ चोक नजिकै ५ सय लिटर टङ्की सहितको साबुन पानीको व्यवस्था गरी बिहान ८ बजे शुभारम्भ समेत गरेको छ ।
विश्वमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनावश्यक भिडमा नजान, साबुन पानीले हात धुन, जथाभाबी हात नमिलाउन, डाक्टर तथा विज्ञहरूले प्रेषित गरिएका जानकारीहरू तथा सूचनाहरू तथा सुरक्षाका उपायहरू अपनाउन अन्जुमन इस्लामिया धरानले सबैमा अनुरोध गरेको छ ।