धरान : नेपाली सेनाद्वारा सञ्चालित सैनिक आवासीय महाविद्यालय धरानमा ६२ शैयाको क्वारेन्टाईन तयार भएको छ ।

धरान नगर क्षेत्रलाई मध्यनजर गर्दै विद्यालय हाता भित्र ६२ शैयाको क्वारेन्टाईन तयारी अवस्थामा रहेको सैनिक आवासीय महाविद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।

पूर्वी पृतना हेडक्वाटर इटहरी, धरान उपमहानगरपालिका तथा १३ नं. वडा कार्यालयसँगको सहकार्यमा सो क्वारेन्टाईन सञ्चालनमा ल्याइने भएको उनले जानकारी दिए । धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, १३ वडा कार्यालयका वडाअध्यक्ष नेत्रप्रसाद काफ्ले, सैनिक अस्पताल इटहरीका प्रमुख तथा पूर्वी पृतनाका महासेनानीद्वय सम्मिलित अधिकृत सहितको टोलीले सो क्वारेन्टाईन स्थलको निरीक्षण गरेका छन् ।

सो अवसरमा महाविद्यालयका प्रिन्सिपल तथा सम्पर्क अधिकृतले हालको व्यवस्थापन तथा आगामी दिनमा गर्नुपर्ने थप तयारीका बारेमा जानकारी गराएका थिए ।