इटहरी : प्रदेश एकका सभामुख र उपसभामुखले आफ्नो एक महिना बराबरको तलब प्रदेश सरकारले बनाएको कोरोना नियन्त्रण कोषमा जम्मा गराएका छन् ।

मङ्गलवार प्रदेश सरकारले कोरोना बिरुद्द लड्न प्रदेश स्तरीय १० करोडको कोष स्थापना गरेको थियो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार सभामुखको ५३ हजार र उपसभामुखको ५० हजार तलब हुन्छ ।

कोषको रकम कोरोनासँग सम्बन्धित आपतकालिन अवस्थामा मात्र खर्च गरिनेछ । मुख्यमन्त्री, मन्त्री र सबै राज्यमन्त्रीहरुले उक्त कोषमा एक महिनाको बापतको तलब मङ्गलवार नै जम्मा गराएका छन् ।