इटहरी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि बिराटनगर महानगरपालिकाले स्प्रे छर्किन थालेको छ ।

बिराटनगरमा पनि जोखिम बढ्न थालेपछी महानगरक्षेत्रमा डिस इन्फेक्सन (निर्मलीकरण) अभियान सुरु गरेको हो ।

‘सोडिएम हाइपो क्लोराइड’लगायत विभिन्न रसायनबाट बनेको स्प्रे पहिलो चरणमा कोशी अस्पतालबाट शुरुवात गरिएको हो ।

बुधवार विराटनगर महानगरका मेयर भीम पराजुलीले कोशी अस्पताल पुगेर स्प्रेको सुरुवात गरेका थिए ।

डव्लुएचओ को मापदण्ड अनुसार क्वारेन्टाइनमा प्रयोग हुने डिस इन्फेक्सन स्प्रे महानगरले आफ्नै बनाएर छर्किन थालेको हो ।