धरान : वडामा बसोबास गर्ने बिपन्न एवं दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै गरेका परिवारलाई धरान-१४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले घरमै गएर खाद्यान्न सहयोग गरेका छन ।

हाल विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण देशनै लकडाउनमा रहेको अवश्थामा मजदुरी गर्नवाट बंचित भएका बिपन्न वडाबासीहरुलाई अध्यक्ष भट्टराईले आफ्नै व्यक्तिगत खर्चवाट चामल १५ केजि आलु , दाल र बिरामी रहेका परिवारलाई दैनिक सेवन गर्ने औषधी समेत प्रदान गरेका छन ।

Dharan-14

कोरोनाको त्रास संगै दैनिक खानपानको चिन्तामा रहेका परिवारलाई सहयोग गरेको वडाध्यक्ष भट्टराई बताउछन।
स्थानीयहरूले अतिआवश्यक खाद्यान्य सामाग्री लिएर वडाध्यक्ष आफ्नै घर घरमा आएकोमा खुसि ब्यक्त गरे।