पथरी : मोरङको पथरी नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरना भाइरसको संक्रमण वाट सुरक्षीत वन्न व्याक्तिगत सुरक्षा सामाग्री (पिपिइ) हस्तातरण भएको छ ।

मंगलवार नगरअस्पतालमा पिपिइ सहितका सामाग्री हस्तातरण गरिएको हो । अमेरिका नेपाल मेडिकल फाउण्डेशनको पहलमा कोरोना संक्रमणबाट सुरक्षीत भएर उपाचार गर्न ति सामग्री उपलब्ध गराइएको हो ।
फाउण्डेशनका अध्यक्ष पथरी शनिश्चरे नगर निवासी डाक्टर भूपेन्द्रकुमार वस्नेतको पहलमा १० थान विशेष पीपीइ, १० थान फुलबडी सेफ्टी गाउन र १० थान इएन वान ४९ मास्क उपलब्ध भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले सो सामाग्री नगर प्रमुख दिलीपकुमार राई, पथरी नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईं सहितलाई नगर अस्पतालमा हस्तान्तरण गरे ।

ती सामग्री पथरी नगर अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी र नगरले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई प्रदान गरिने जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए । नगर अस्पतालले कोरोना संक्रमणको आशंका भएकाहरुका लागि १० बेडको आइसोलेसन वार्ड समेत तयार गरेको छ ।