धरान : कोरोना भाइरस महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश नम्बर १ मा आपराधिक घटनाहरूमा ठुलो कमी आएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सिङ्गो प्रदेशभरि लकडाउन अवधिभर जम्मा एउटा मात्र मुद्दा दर्ता भएको छ।

लकडाउनको अवधिमा प्रदेश एकमा जबरजस्ती करणीको एउटा मात्र मुद्दा दर्ता भएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुमन कुमार तिम्सिनाका अनुसार यस प्रदेश भरि एउटा मात्र दर्ता भएको बताएका हुन् ।

मानिसहरू घर भित्रै रहेका कारण पनि अपराधीक घटना नभएको तिम्सिना बताउँछन् । तिम्सिनाले 'प्रहरी समेत अहिले रोग सङ्क्रमणमा फैलिन नदिन विशेष रूपमा खट्टिएको छ,लकडाउनले नगरिकहरुपनि बाहिर ननिस्किएकाले अपराध भएको देखिँदैन।'

मोरङको पथरीशनिश्चरेका दीपक लिम्बुको मृत्यु लकडाउन कै समयमा भए पनि उनको कुटपिट त्यस अधि भएकाले सोलाई अघिकै मुद्दाका रूपमा लिएको तिम्सिनाको भनाइ छ ।

वर्षको फागुन अन्तिम सम्ममा प्रदेश एकमा ५ हजार १ सय २८ मुद्दा दर्ता भएको मध्ये ३ हजार २सय ४६ मुद्दाको फछौर्ट भएको छ । यस अवधिमा ४ हजार ५ सय ७१ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये २९३ जना महिला रहेका छन् ।