सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-६ घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

आज बिहान ११ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ च ९६०५ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी स्कुटर चालक स्थानीय रत्ना श्रेष्ठको उपचारको क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने कानुनी रूपमा थप अनुसन्धान भइरहेको पकलि कार्यालयले जानकारी दिएको छ।