झापा : झापा प्रशासनले सवारी पास बितरण बन्द गरेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनमा अति आवश्यक सवारीसाधनलाई प्रशासन कार्यालयमार्फत सवारीको अनुमति पत्र लिएर मात्र सञ्चालन गर्ने प्रावधान तोकिएको थियो ।

जिल्ला प्रशासन कार्यालय झापाले सोही बमोजिम अति आवश्यक सवारीसाधनको पास वितरण गर्दै आइरहेको थियो । तर  बुधबार दिउँसो देखि अर्काे सूचना जारी नभएसम्मका लागि सवारी पास बन्द गरिएको प्रशासन कार्यालय झापाले सूचनामार्फत सबैमा जानकारी गराएको छ ।