धरान : भारतमा कोरोना (कोभिड-१९०) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको  मुस्लिम समुदायकाे धार्मिकसभामा धरानबाट कोहि पनी सहभागी नरहेको अञ्जुमन ईस्लामिया धरानले स्पष्ट पारेको छ ।

उक्त धार्मिकसभामा नेपालबाट पनि १९ जना सहभागी भएको भारतिय तथा नेपाली मिडियामा खबरहरु सार्बजानिक भएपछी धरानकी उपमेयर मञ्जु भण्डारीले समेत धरानबाट सहभागी भएनभएको बिषयमा चासो राखेका थिइन ।
मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको र करिब ८ हजार जना सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु सहभागी थिए ।

अञ्जुमनले एक विज्ञप्ती जारी गर्दै उक्त धार्मिकसभामा धरानबाट कोहि पनी सहभागी नभएको र त्यहाँबाट धरान तर्फ कोहिपनी नआएको प्रस्ट पारको हो ।

धरान नगरबासी चासाे र धरानका मुस्लिम समुदायमा सहि जानकारीकालागी विज्ञप्ती जारी गरीएको अञ्जुमनका सचिव अफाक अहमदले बताए ।