पथरी : पथरीमा लकडाउन उलङ्घन गर्नेलाई प्रहरीले सडकमै उभ्याएर परामर्श दिन थालेको छ ।

एक साताको लकडाउन लम्बिएर पछि पैदलयात्रि अनावश्यक रूपमा ओहोर दोहोर गर्न थालेपछि दुई घण्टा परामर्श दिने इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए।

मङ्गलवारबाट सुरु भएको यो अभियानमा सोही दिन दुईघन्टा सम्म तिन फुट दुरी कायम गराएर पैसठ्ठि जनालाई परामर्श दिइएको थियो । परामर्श दिएको प्रहरी सँग मौज्दात रहेको मास्क वितरण गरेको गिरिले जानकारी दिए।

दोस्रो लकडाउन कडाइका साथ गर्ने उलङ्घन गर्नेहरूलाई नछाड्ने चेतावनी समेत उनले दिए ।