धरान : सरकारले घोषणा गरेको लकडाउन पछि धरानको स्थिति शान्तिपूर्ण नै रहेको इलाका प्रहरी प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेको दाबी गरेका छन् ।

धरानक्षेत्र भित्र लकडाउनको नौ दिन सम्ममा कुनै पनि ठुला किसिमका अपराधका घटना नघटेको न्यौपानेले बताएका छन् ।

न्यौपानेको अनुसार लकडाउन अवधिमा कार्यालयमा कुनै पनि उजुरी आएका छैनन् । आठ दिन सम्ममा धरानमा एक जना युवाले आत्महत्या गरे पनि ती बाहेक अपराधीक घटना नघटेको न्यौपानेले बताए ।

लकडाउन घोषणा गरेको सुरुवातका दिनमा मान्छेहरु बाहिर आएपनि अहिले भने सडकमा मान्छेहरूको हिँड्ने क्रम घटेर गएको छ । धरान शान्तिपूर्ण अवस्थामा रहेको अनुभव प्रहरीले गरेको न्यौपानेले जानकारी दिए ।

साना-साना पारिवारिक मनमुटाब दैनिक घर झगडा भएको फोन आउने गरे पनि प्रहरीहरू सम्बन्धित ठाउँमै गएर गएर घटना मिलाएर फर्कने गरेका छन् ।

लकडाउन पछि अवस्था अलि बिग्रिन सक्ने देखाउँदै प्रदेश सँग थप जनशक्ति मागेको इलाका प्रहरी कार्यालय धरानले पुन: अवस्था सामान्य नै भएकाले थप जनशक्ति परिचालन गर्नु नपरेको न्यौपानेले बताए ।

हाल चौबिसै घण्टा प्रहरीले २ वटा गाडी र ३ वटा मोटरसाइकल प्रयोग गरिरहेको छ । प्रहरीले कोरोना भाइरसबाट बच्ने उपाय बारे सचेतना जगाउन तिनै सवारी साधनमा माइकिङ गर्ने गरेको छ ।

लकडाउनको बेला साँझपख 'हावा खान' निस्केकाहरू लाई पनि प्रहरीले सम्झाएर घर नै फर्काउने गरेको छ।

धरानका मुख्य क्षेत्र भानुचौक, छाताचौक, रेल्वे, जिरोपइन्ट, कृषि बजार ,सब्जी बजार लगायतका क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

मातहतको प्रहरी सगै अनुगमनमा गरेर आवश्यक निर्देशन, परामर्श सल्लाह सुझाव दिदै आएको र लकडाउन भरि धरान शान्त सभ्य बनाउने धरान प्रहरीको अभियान रहेको डिएसपी न्यौपानले बताए ।