धरान : इलाका प्रहरी कार्यालय धरानमा हिरासतमा अहिले विभिन्न मुद्दामा पक्राउ २५ जना अभियुक्तहरू छन् । कोरोना महामारी नियन्त्रणको लागि सरकारले साना मुद्दाका अभियुक्तलाई प्रहरी कार्यालयमा हाजिर हुने गरी छोडेको थियो ।

तर प्रमाण नष्ट हुन सक्ने र गम्भीर प्रकृतिका मुद्दाका अभियुक्तहरू अहिले पनि हिरासत मै छन् ।

धरानको इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेको अनुसार हिरासतमा रहेका अभियुक्तहरू लाई दुरी कायम गरेरै राख्ने गरेको बताए ।

न्यौपानेका अनुसार अहिले धरानको हिरासतमा लागुऔषध सहित पक्राउ, चोरी,जबरजस्ती करणी, फरार ,ज्यानमारा उद्योगमा पक्राउ परेका २५ जना अभियुक्त रहेका छन् ।

अभियुक्तलाई इलाका सँग रहेको चार कोठा भवनमा व्यवस्थापन गरिएको छ । भवन भौतिक साधन सुविधा हेरेर सकेसम्म दुरी कायम गरेर व्यवस्था गरिरहेको न्यौपानलेले बताए ।

सङ्क्रमित नहोस् भनेर साबुन पानीले हात धुन लगाउने र सरसफाइमा इलाकाले ध्यान दिएको छ । न्यौपानेले भने ‘ हिरासतमा नजिकैका आफन्त भेटघाटको लागि आउँदा दुरी कायम गरी भेट्न दिएका छौ ।’