धरान : भारतको दार्जिलिङमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएका महिलासँगै एउटै फ्लाइटमा आएकी महिलाको रिपोर्ट कोरोना नभएको आएको छ ।

चैत्र ६ गते मार्च १९ का दिन भारतको चेन्नाईबाट बागडुग्रा सम्म स्पाईस जेटको ३२७ नम्बरको फ्लाइटमा आएका धरानका दुई जना मध्ये एक जनाको रिपोर्ट कोरोना नभएको कोरोना नेगेटिभ आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।

letest-report

उनीसँगै आएका अर्का महिलाको भने स्वास्थ्य अवस्थामा कुनै समस्या नदेखिएपछि उनी सेल्फ होम क्वारेनटाईनमा स्वास्थ्य कर्मीको विशेष सल्लाहमा रहेको उनले कपुरीलाई जानकारी गराइन् ।

रिपोर्ट नेगेटिभ आएका महिलाले भने खुसी व्यक्त गर्दे आफूले थ्रोट स्वाबको नमुना हिजो परीक्षण गर्न दिएकोमा आज बिहीबार रिपोर्ट नेगेटिभ आएको बताइन् ।

उनीहरू दुवै जना चेन्नाईबाट बागडुग्रा आउने स्पाईस जेटको ३२७ नम्बरको फ्लाइटमा फस्ट फ्लाइट बिहान ५ : ५५ को फ्लाइटमा आएका थिए ।

स्पाईस जेटको ३२७ नम्बरको फ्लाइटमा आएकी एक जना कोरोनाबाट ज्यान गुमाउनेमा दार्जिलिङको कालेबुङकी सुन्तिसा सिंह रहेकी छिन् ।

उनीसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना ल्याबमा परीक्षण गरिएका २४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।