इटहरी : कोरोना महामारी नियन्त्रण गर्न इटहरीका इन्जिनियरहरूले स्वास्थ्यकर्मीहरुको लागि स्थायीरूपको स्याम्पल परीक्षण बुथ बनाएका छन् ।

स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा कवच 'पीपीइको' अभाव भएको बेला इटहरी नगर अस्पतालमा इन्जिनियरहरूले स्याम्पल परीक्षण बुथ हस्तान्तरण गरेका हुन् ।

छ जना इन्जिनियरहरूले मिलेर बनाएको परीक्षण बुथलाई साेमबार इटहरी अस्पताललाई हस्तान्तरण गरेका थिए । निर्माणमा सहभागी भए मध्येका इन्जिनियर किसन अधिकारीका अनुसार पीपीइ अभाव भएको बेला स्वास्थ्यकर्मीको सहजताको लागि बुथ बनाएको जानकारी दिए ।

पीपीइको अभावमा विभिन्न रोगको आशंका गरिएका व्यक्तिहरूको थ्रोट स्वाब सङ्कलनमा जोखिम हुँदै आएकोमा यो बुथले थोरै भए पनि सुरक्षा प्रदान गर्ने अधिकारीले बताए ।

बुथ भित्रबाट हात मात्र निकालेर नमुना सङ्कलन गर्न सकिन्छ । बिरामी सँग प्रत्यक्ष सम्पर्कमा आउन धेरै मात्रमा बुथले छेक्ने छ ।

झन्डै ४० हजारको लगानीमा नेपाल इन्जिनियर एसोसिएसन इटहरीका इन्जिनियरहरू किसन अधिकारि,मोहन कार्की,रविन आचार्य,राजु आचार्य,प्रशान्त पोख्रेल र नवीन भट्टराईले बनाएका हुन् ।