धरान : काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट आइतबार क्रियापुत्रिको पास बनाएर यात्रु लिएर हिँडेको गाडी ट्राफिकले नियन्त्रणमा लिएको छ ।

बा ४ ख २१४१ नम्बरको गाडी यात्रुसहित उर्लाबारीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमवार बिहान ८ बजे तिर चालक सहचालक सहित पन्ध्र जना यात्रुलाई उर्लाबारीबाट नियन्त्रण लिएको प्रदेश ट्राफिक प्रहरी प्रमुख भीम बहादुर दाहालले बताए ।

काठमाडौँ एयरपोर्टमा काम गर्ने व्यक्तिहरुलाई चार हजार सम्म भाँडा लिएर आएको गाडीलाई उर्लाबारीबाट नियन्त्रण लिएको हो ।

नियन्त्रणमा रहेकाे गाडीका चालक, सहचालक सहित एघार यात्रुलाई टाँढिको क्वारेन्टाइन पठाइएको छ । सवारीलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाइने दाहालले जानकारी दिए ।