पथरी : राष्ट्रिय युवा सङ्घ नेपाल मोरङ जिल्ला कमिटीले मोरङ जिल्लाको १७ वटै स्थानीय तहमा पीपीई वितरण गरेको छ ।

सङ्घले पथरीशनिश्चरेमा मात्रै स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) चार थान र सन ग्लास प्रदान गरेको हो ।

सोमबार राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सदस्य विजय डाँगी, जिल्ला कमिटी सदस्य मनि लिम्बु, पथरी शनिश्चरे नगर सदस्य सञ्जीव गिरि, १० नम्बर वडा सदस्य अनोज घिमिरेको उपस्थितमा पथरीशनिश्चरे नगर प्रमुखका दिलीपकुमार राईलाई पिपिइ लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।