धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्यकर्मीलाई दिन नै तोकेर तलब राहत सहयोग मागेको बिषयमा धरान उपमहानगरपालिकाले स्पष्टीकरण दिएको छ ।

उपमहानगरले मङ्गलवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यकर्मीहरुले स्वेच्छाले राहत दिने भनेकाले सोही अनुसार मात्र पत्र पठाएको स्पष्टीकरण दिएको हो ।

धरानका मेयर तिलक राईले पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रतिनिधिहरूले आफ्नै मनले पैसा दिने बताएपछि पठाएको बताए ।

'स्वस्थ्यकर्मीहरुलाई पत्र काटेर पैसा मागेको बिसयमा अलि गलत सन्देश गएको रहेछ' राईले भने 'हामी स्वास्थ्यकर्मिको काममा पूर्ण सहयोग छ तर त्यो पत्र भनेको स्वैच्छिक रूपमा दिनेहरूको लागी मात्र पठाइएको हो ।'

सरकारले लकडाउनको घोषणा गरेसँगै राहतको कार्यक्रम ल्याउनुपर्ने भएकोले प्रतिष्ठानका डाक्टरहरूलाई आर्थिक सहयोग गर्ने उपमहानगरले प्रतिष्ठान आग्रह गरेको थियो ।

प्रतिष्ठानका पदाधिकारीको १५ दिनको र कर्मचारीको १० दिनको तलब सहयोग गर्न उपमहानगरले पत्र काटेको थियो ।