धरान : धरान उपमहानगरपालिकाले तालिम लगायतको खर्च गर्न नसक्ने शीर्षकका बजेटहरूलाई रकमान्तर गर्ने भएको छ ।

केही दिनमा आकस्मिक नगर सभा वा कार्यपालिकाको बैठक राखेर तालिम लगायत अन्य शीर्षकको बजेट रकमान्तर गरेर राहत वितरण गर्ने जनकारी दिएको हो ।

मङ्गलवार धरान उपमहानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरस महामारी नियन्त्रणका लागि राहत दिन रकमान्तर नै गर्ने भएको छ ।

केही दिन अगाडी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न १४ शीर्षकमा उपलब्ध बजेट रोक्का गर्न परिपत्र गरेको थियो ।

परिपत्र अनुसार सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्याङ्कन खर्च र भैपरी आउने चालू खर्च रोक्का हुनेछ ।

सोही, अनुसार रोक्का भएका शीर्षकहरूलाई उपमहानगरले भने आवश्यकता अनुसार रकमान्तर गर्ने पत्रकारहरूलाई जानकारी दिएका हुन् ।

राईले भने ' हामीले काम गर्न नसक्ने अन्य शीर्षकका बजेटहरू पनि रकमान्तर गरेर तत्काल राहत वितरण गर्ने थप तयारि गर्दै छौ ।'