पथरी : कोराेना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउन पछि रगतको अभाव देखिएको वेला पथरीशनिश्चरेमा राष्ट्रिय युवा सङ्घले रक्तदान गरेको छ ।

राष्ट्रिय युवा सङ्घ पथरीशनिश्चरे नगर कमिटीले मङ्गलवार सो रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहकार्यमा भएको रक्तदानमा ६३ पिन्ट रगत सङ्कलन भएको छ ।

नेकपाका प्रदेश सदस्य युवराज बास्कोटा,युवा सङ्घका केन्द्रीय सदस्य विजय डाँगी ,सङ्घका जिल्ला सदस्य मणि लिम्बु,नगर संयोजक सुमन लिम्बु नगर सह संयोजक नवीन कार्की,व्यापार सङ्घ पथरीका अध्यक्ष दीपक बस्नेत लगायतले रक्तदान गरेका थिए ।