चतरा : बराहक्षेत्र -२ चतरा स्थित जागृत युवा समाजले १ सय ५० विपन परिवारलाई राहत स्वरुप खाद्यान्न साम्रागी वितरण गरेको छ ।

सरकारद्वारा कोरोना भाईरस सङ्क्रमण रोकथाम गर्न लगाएको लकडाउनबाट खाद्यान्न अभाव भएका अती विपन्न १ सय ५० घरपरिवारलाई खाद्य सामाग्री बितरण गरेको समाजका संयोजक रोशन श्रेष्ठले बताए ।
मङलवार जागृत चौकमा बिशेष सावधानीका साथ सामाजिक दुरि कायम राखेर प्रति परिवारलाई १५ केजि चामल,२ केजी दाल,१ लिटर तेल, नुहाउने र लुगाधुने साबुन प्रदान गरिएको हो ।

संयोजक श्रेष्ठका अनुसार बराहक्षेत्र १ र २ का बिभिन्न टोलका अती विपन्न र ज्याला मजदुरी गरेर गुजारा गर्ने परिवारलाई राहत बितरण गरिएको हो भने एकल, अपाङ्ग, असक्त परिवारलाई राहत घरमै पुर्याइदिेने प्रबन्ध मिलाइएको उनले बताए ।

मङलवार देखि सुरु गरिएको राहत वितरण कार्यक्रम केही दिन निरन्तरता दिइने र कसैलाइ राहत नपुगेको वा आवश्यक भए समाजलाई सम्पर्क गर्न समेत अनुरोध समाजले गरेको छ ।